भिटेनलाई खोज्दै प्रहरी
नेपालखोज
२०७७ कार्तिक १४ गते १०:५८
काठमाडाैं । र्यापर समिर घिसिङ (भिटेन) को नयाँ गीत ‘पारा’ युट्युब हटाइएकाे छ । युट्युबको ट्रेन्डिङ नम्बर १ रहेकाे ‘पारा’ बोलको र्याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार गीतमा अपाच्य शब्दहरुको प्रयोग गरिएको छ। ‘हामीले यसमा अनुसन्धान गर्नू भनेर ब्यूरोलाई निर्देशन दिएका छौं,’ एसएसपी कडायतले भने। प्रधान कार्यालयको निर्देशनपछि ब्युरोले भिटेनको गीतमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।
भिटेनले उक्त गीत प्राइभेटमा राखेका छन्। गीत सार्वजनिक भएको ५ दिनमा ट्रेन्डिङ नम्बर १ मा आइपुगेको हो।
सम्बन्धित








प्रतिक्रिया