बिहीबार, चैत १५, २०८०

सुनको मूल्य तोलामा दुई सयले घट्यो

नेपालखोज २०७७ कार्तिक १४ गते ११:२९

काठमाडौं । शुक्रबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । कात्तिक ६ गते प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कात्तिक १३ गते प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक ६ गते १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य कात्तिक १३ गतेका लागि ११ सय ८० रुपैयाँमा झरेको थियो ।

प्रतिक्रिया