शुक्रबार, पुष ४, २०८२

जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिकाबाट १२ जना पक्राउ

नेपालखोज २०७७ कार्तिक १४ गते १७:३४

काठमाडौं । चन्द्रागिरी नगरपालिका ४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई शुक्रबार दिउँसो प्रहरीले प्रक्राउ गरेको छ ।

उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया