शुक्रबार, पुष ४, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ कार्तिक १४ गते १७:४३

बर्दिया । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ बस्ने ३२ वर्षीय गौना थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गौनाले ती महिलालाई मंगलबार दिउँसो सोही नगरपालिका-४ पदनाहामा जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार साँझ प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया