शनिबार, पुष ५, २०८२

भ्रम नफैलाउन नेवा:मुस्लिम समाजको अपिल

नेपालखोज २०७७ कार्तिक १४ गते १७:५६

काठमाडौ । वर्षौ देखि आपसी सदभाब र भाइचारा कायम गर्दै आइरहेका नेवारी र मुस्लिम समुदाय बिच भ्रम फैलाउने उदेश्यले केही सन्चारमाध्याम हरुले समाचार प्रकाशित गरेको भन्दै नेवा:मुस्लिम समाजले एक विग्यप्ति प्रकाशित गरि आपत्ति जनाएको छ।

समाजका अध्यक्ष निसार उद्दिनले हस्ताक्षर गरी जारी गरेको बिग्यप्तीमा भनिएको छ-हाल देशभरी बिजया दशमी हर्सोउल्लासका साथ सम्पुर्ण देशबासी र सम्पूर्ण समुदायले मनाउदै गर्दा देशमा रहेका धार्मिक सहिस्ष्णुता आपसी भाइचारा र सदियो देखि स्थापित सासकृतिक धरोहर माथि धावा बोल्दै काठमाडौस्थित सुन्धाराको छेउमा रहेको ऐतिहासिक मस्जिद (नेपाल मदिनि मस्जिद व मुसाफिर खाना)मा केही भु माफिया र गुन्डा हरुले डोजर लगाएर मस्जिदको केही भाग भत्काएको सबैमा बिदितै छ। विग्यप्तिमा भनिएको छ यसैलाई आधार बनाएर केही अनर्गल प्रचारबाजी प्रति हामी आपत्ति प्रकट गर्दछौ ।

प्रतिक्रिया