शुक्रबार, चैत १६, २०८०

अग्निपीडित पूर्वसभासद्लाई सहयोग

नेपालखोज २०७७ कार्तिक १४ गते २०:४५

फुङ्लिङ । ताप्लेजुङ मादेन फेन्दुवा जनकल्याण केन्द्रको पहलमा फुङलिङ नगरपालिका–९ हाङदेवामा आगलागीबाट पीडित पूर्व सभासद् सञ्चपाल मादेनलाई आज रु ६९ हजार नगद हस्तान्तरण गरिएको छ ।

जनकल्याण केन्द्रको कोषबाट रु १५ हजार र विभिन्न व्यक्तिबाट संकलन गरी सो रकम प्रदान गरिएको हो । सङ्कलित रकम केन्द्रका कोषाध्यक्ष छत्र मादेनले हस्तान्तरण गरे ।

प्रतिक्रिया