बिहीबार, चैत १५, २०८०

भगवान सूर्यकाे पूजाविधि

नेपालखोज २०७७ चैत २९ गते ६:००

सनातन धर्ममा हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । सूर्यदेवताको पूजा आराधना हरेक दिन गर्ने भए पनि आइतबारको दिन विशेष पूजा गर्नु उपयुक्त हुन्छ । सूर्य देवता पाञ्चायन देवताका एक देवता हुन् । सूर्यलाई विशेष गरी अघ्र्य चढाई पूजा आराधना गर्ने गरिन्छ । सूर्य एक प्रतापी देवता हुन् । यिनलाई ग्रहहरुको मालिक वा स्वामीको रुपमा चित्रण गरिएको छ ।

सम्पूर्ण सौर्य परिवारको मालिक सूर्यदेवलाई खुशी पार्दा तपाईंको शक्ति अत्यन्त बढ्न जाने हुन्छ । आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान बढ्न जाने हुन्छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष समाप्त भई तपाईंलाई सफलता प्राप्त हुन्छ । सूर्यको मन्त्र ॐ घृणि सूर्याय नमः हो । सूर्य पूजनको विधि पनि जानिराखौं ।

आइतबारको दिन बिहान छिटै उठेर स्नान सन्ध्या सकेर सूर्योदय भएपछि तपाईंले सूर्यलाई जल मात्र चढाउनु भयो भने सूर्यको सकारात्मक उर्जा तपाईंको शरीरमा प्रवेश गर्छ । यसबाट तपाईंको कुण्डलीमा सूर्यकोे दोष छ भने पनि त्यो नाश हुँदै जान्छ । सूर्य देवलाई मनपर्ने फूल रातो फूल हो । त्यस्तै रातो चन्दन, चामल पनि सूर्यलाई मनपर्छ । यी चीज चढाई सूर्यको सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । त्यस्तै गुड वा गुडबाट बनेको मिठाई पनि सूर्यलाई मनपर्ने वस्तु हो ।

प्रतिक्रिया