शनिबार, वैशाख १३, २०८२

आईपीएल २०२० : पन्जाब माथि राजस्थानको जित

नेपालखोज २०७७ कार्तिक १५ गते ७:४८

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराएको छ ।

यूएईमा राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट मैदानमा पन्जाबले टस हारेर पहिले ब्याटिङ गरेको थियो । पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । जितका लागि पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै सन्जु सामसनले ४८ र रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लर २२ रनमा अविजित रहे ।

पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १र१ विकेट लिए । पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए ।

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २र२ विकेट लिए । पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ । पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौँथो स्थानमा छ । अब प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ । मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाइसकेको छ।

प्रतिक्रिया