शनिबार, जेठ ५, २०८१

काठमाडौं उपत्यकामा एक हजार ६२२ नयाँ सङ्क्रमित

नेपालखोज २०७७ कार्तिक १६ गते १९:५४

काठमाडौं । काठमाडौँ उपत्यकामा आज एक हजार ६२२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ९८५ पुरुष र ६३७ महिला छन् । आज काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा एक हजार ११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ नयाँ सङ्क्रमित थपिएका छन् ।

उपत्यकामध्ये हाल काठमाडौँमा १६ हजार २२९, ललितपुरमा दुई हजार ३४२ र भक्तपुरका एक हजार सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ७९७, ललितपुरमा दुई हजार २५७ र भक्तपुरमा एक हजार ७१९ छ ।

प्रतिक्रिया