शुक्रबार, वैशाख १४, २०८१

देशभर होम आइसोलेशनमा बस्नेको संख्या ३१ हजार ३९४ जना

नेपालखोज २०७७ कार्तिक १६ गते २०:०४

काठमाडौं । देशभर ३१ हजार ३९४ जना होम आइसोलेशनमा छन् । भने दुई हजार ३८६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रदेशानुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या नं १ मा छ हजार ३३५, नं २ मा एक हजार ३३८, वाग्मतीमा १७ हजार ८३४, गण्डकीमा एक हजार ३५९, लुम्बिनीमा तीन हजार ६६, कर्णालीमा ५४५ र सुदूरपश्चिम प्रदेशमा ९१७ जना छन् ।

देशभरमा २८३ सङ्क्रमित आइसियुमा छन् । प्रदेश १ मा २९, प्रदेश २ मा ११, वाग्मतीमा १८०, गण्डकीमा १५, लुम्बिनीमा ३९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित आइसियुमा छन् । त्यस्तै प्रदेश १ मा १२, वाग्मतीमा ५८, गण्डकीमा दुई, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा एक गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

प्रतिक्रिया