बिहीबार, चैत १५, २०८०

स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् : नेता रावल

नेपालखोज २०७७ कार्तिक १६ गते २१:२६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीको बैठक तुरुन्त बोलाउन माग गरेका छन् ।

नेकपा फुटको सङ्घारमा रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति सार्वजनिक भएको केहि समयपछि नेता रावलले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

नेता रावलले ट्वीट गर्दै लेख्नुभएकाे छ, ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हाे । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।’

प्रतिक्रिया