बिहीबार, वैशाख १३, २०८१

कोरोना नियन्त्रण गर्न समय पाए पनि प्रभावकारी नभएको आरोप

नेपालखोज २०७७ कार्तिक १६ गते २१:५४

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको जनाउँदै विरोध प्रदर्शन गरेको छ ।

नेविसङ्घ केन्द्रीय समितिले आज कोरोना पीडित जनताप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले धेरै समय पाए पनि यसको नियन्त्रणप्रति सरकारले काम गर्न नसकेको आरोप लगाए।

अर्का महामन्त्री मनोज वैद्यले वर्तमान सरकारले कोरोना पीडित जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । कोरोना महामारी बढ्दै जाँदा सरकारले निःशुल्क उपचार बन्द गरेको आरोप पनि नेविसङ्घले लगाएको छ ।

प्रतिक्रिया