बिहीबार, वैशाख ६, २०८१

आरएमडिसी लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

नेपालखोज २०७७ कार्तिक १७ गते १२:३९

काठमाडौं । आरएमडिसी लघुवित्त (RMDC) ले गत आर्थिक वर्ष २०७६।०७७ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

कार्तिक १३ गते बिहीबार नेपाल राष्ट्र बैंकको पत्रमार्फत लघुवित्तको लाभांश प्रस्ताव स्वीकृत गरी वित्तीय विवरण प्रकाशन गर्न अनुमति प्रदान गरिएको कम्पनी सचिव अनिलकृष्ण जोशीले जानकारी दिए ।
लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस र करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यससँगै अब लघुवित्तले साधारण सभा आह्वान गरी कुल १७ करोड ९८ लाख ६४ हजार बराबरको लाभांभ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल ८९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया