बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा जाडो बढ्यो : पश्चिमी पहाडी क्षेत्रमा वर्षा

नेपालखोज २०७७ कार्तिक १८ गते ८:२०

काठमाडौं । पछिल्ला केहि दिन यता नेपालमा जाडो सुरु भएको छ । अहिले काठमाडौं उपत्यकाका केहि स्थानमा हल्का वर्षाका साथसाथै हुस्सु पनि लागि रहेको छ । पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण आज उपत्यकामा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि उपत्यकामा हुस्सु लागेको थिएन । पश्चिमी वायुकै प्रभावका कारण अहिले पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ । आज प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित धेरैजसो पहाडी क्षेत्र र प्रदेश २ र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली भएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम २६.२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।

प्रतिक्रिया