कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन
नेपालखोज
२०७७ कार्तिक १८ गते ८:३५

पोखरा । प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति घरमै निधन भएको छ ।
उनमा सुगर र प्रेसर रोगको समस्या थियो । केसीको ६३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्न व्यवसायमा उनी सफल थिए ।
सम्बन्धित








प्रतिक्रिया