बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानमा बन्दुकधारीको आक्रमण : २२ जनाको मृत्यु, २२ जना घाइते

नेपालखोज २०७७ कार्तिक १८ गते ९:१५

एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा २२ जनाको मृत्यु भएको छ । भने थप २२ जना घाइते भएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल विश्वविद्यालयमा बन्धुकधारीले अन्धधुन्द गोली चलाएका हुन् । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबिच तीन घण्टासम्म भिडण्त भयो । तीन बन्दुकधारी मारिएपछि आक्रमण रोकिएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

इस्लामिक स्टेटको क्षेत्रीय समूहले आक्रमणको जिम्मा लिएको छ । विश्वविद्यालयमा इरानियन पुस्तक मेलाका लागि सरकारी अधिकारी आउने तय भएको समय भन्दा केही पहिलेदेखि आक्रमण सुरु भएको हो । सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।

प्रतिक्रिया