सोमबार, वैशाख १७, २०८१

ओपोद्वारा हाई-प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा

नेपालखोज २०७७ कार्तिक १८ गते ११:१८


काठमाडौं । ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व-विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ ।

‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा इनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पु¥याउने कुरामा हामी विश्वस्त छौँ, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।
मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचकासाथ ओपोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको हो ।

आरटीके पोजिसनिङ प्रविधिवाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट) मा आधारित छ । यसले मेजरिङ स्टेशन्स मार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोसेस गरी स्थानका बारेमा सटिक जानकारी प्रस्तुत गर्छ । जटिल प्रणालीको प्रयोग हुने यो प्रविधि पछिल्ला समयमा औद्यागिक मापनका लागि गरिन्थ्यो । यसको सिधा प्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो । ओपोले एक्सेलेरा मिटर र गायरोस्कोप लगायत मोबाइल फोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो । यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेटमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनिकरणमा समेत सघाउ पुर्‍याउँछ ।

सन् २०२१ देखि व्यवसायिकरुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल ओपो यो प्रविधिलाई परिपूर्ण र ब्यवसायिक बनाउने कार्यमा लागि परेको छ ।

प्रतिक्रिया