शुक्रबार, वैशाख १४, २०८१

आईपीएल २०२० : हैदरावादले पायो १५० रनको लक्ष्य

नेपालखोज २०७७ कार्तिक १८ गते २२:२७

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सद्धारा १५० रनको लक्ष्य पाएको छ ।

सारजहाँ क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धाति २० ओरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो । मुम्बईका लागि किरन पोलार्डले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ३६ रन बनाउँदा इशन किशनले ३३ र क्विन्टन डीककले २५ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्माले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जेसन होल्डर र शाहजब नदिमले समान दुई–दुई विकेट लिँदा राशिद खानले एक विकेट लिए । आजको खेलमा हैदरावादलाई जित्नैपर्ने दबाब छ ।

आजको खेलमा जित्न सके हैदरावादले प्लेअफमा स्थान बनाउनेछ । लिगमा १३ खेल खेलेको हैदरावादको १२ अंक छ । आजको खेलमा जित निकाल्न सकेमा हैदरावाद चौथो स्थानमा उक्लदै प्लेअफमा पुग्नेछ ।

मुम्बई पनि आजको खेलमा जित निकाल्दै आफूलाई शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । मुम्बई लिगमा १३ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा छ ।

प्रतिक्रिया