शुक्रबार, वैशाख १४, २०८१

नेकपा विवादमा राष्ट्रपतिको इन्ट्री : पार्टी एकता जोगाउने विषयमा गौतमसँग छलफल

नेपालखोज २०७७ कार्तिक १९ गते ६:५५

सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद यतिबेला मत्थर छ । कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रुस्ट छन् ।

यतिकैमा नेकपा विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको इन्ट्री भएको छ । भण्डारीले नेकपाभित्रको आन्तरिक विवादबारे नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेकी छन् । जुन भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति भण्डारीले नेता गौतमलाई मङ्लबार अपराह्न राष्ट्रपतिको कार्यालय शितल निवास बोलाएर नेकपाभित्रको विवादबारे चासो व्यक्त गरेकी हुन् । भेटमा राष्ट्रपति भण्डारीले नेकपाको एकता जोगाउन भूमिका खेल्न पनि आग्रह गरेको स्रोतको दावी छ । राष्ट्रपति भण्डारीसँग आधा घण्टा छलफल पछि उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया