शुक्रबार, वैशाख १४, २०८१

टान पोखराको अधिवेशन आज, अध्यक्ष र सचिव सर्वसम्मत निर्वाचित, प्रथम उपाध्यक्षमा पन्थी र पौडेलको उम्मेदवारी

नेपालखोज २०७७ कार्तिक १९ गते ७:०५

काठमाडौं । टान पोखरा संघको १६औं अधिवेशन आज पोखरामा हुँदैछ । पदयात्रा पर्यटन व्यसायीहरुको छाता संगठन टानको अध्यक्षमा सुशील राज पौडेल र सचिवमा मिलन तिवारी सर्वसम्मत निर्वाचित भइसकेका भने प्रथम उपाध्यक्षमा धर्मराज पन्थी तथा पूर्व सचिव जीवनराज सापकोटाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै द्वितीय उपाध्यक्षमा उदय सुवेदी, कृष्ण आचार्य र दीवस लामिछानेबीच प्रतिस्पर्धा हुँदैछ भने सहसचिवमा रेशम अधिकारी र विश्वहाङ राईले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा किसम कुमारी गुरुङ र ढाकाराम अधिकारी प्रतिस्पर्धा हुने जनाइएको छ ।

६ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । सदस्यमा अमृत प्रसाद तिवारी, लक्ष्मी कोइराला, गोपाल सङग्रौला, विकास गुरुङ, मोहन सुवेदी, कालिबहादुर नेम्माङ, जुना अधिकारी, नवराज श्रेष्ठ, अनिल थापा, चन्द्रबहादुर भुजेल तथा दीपक सापकोटाबीच प्रतिस्पर्धा हुँदैछ ।

धर्मराज पन्थी, द्वितीय उपाध्यक्षका उम्मेदवार

द्वितीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका धर्मराज पन्थीले कोरोना महामारीका समयमा पर्यटनका क्षेत्रमा फरक ढंगले अगाडि बढ्नका लागि नयाँ कार्ययोजनासहित प्रथम उपाध्यक्षको उम्मेदवारी दिएको बताएका छन् । उनले पर्यटन व्यवसायको प्रवर्धनका क्रममा विभिन्न समयमा अमेरिका, क्यानाडा, युरोप, जापान तथा एशियाका विभिन्न देशहरूमा नेपालको पर्यटन र व्यवसायको प्रवर्धन गर्दै आइरहेको बताए । सांगठानिक वरिष्ठताको रुपमा पनि पन्थी अगाडि देखिन्छन् ।

प्रतिक्रिया