बिहीबार, चैत १५, २०८०

बुधबार २.३९ अंकले नेप्से घट्यो, एक अर्ब ७५ करोड बढीको सेयर कारोबार

नेपालखोज २०७७ कार्तिक १९ गते १६:४५

काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५ दशमलव ४ अंकले उकालो लागेर २ अर्ब २३ करोडको सेयर किनबेच भएकोमा बुधबार भने बजार परिसुचक एवं कारोबार रकम दुुबै नै ओरालो लागेको छ ।

बुधबार सेयर बजार परिसुचक २ दशमलव ३९ अंकले घटेर १६ सय ४० दशमलव ६४ बिन्दुुमा झर्दा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ११ अंकले घटेर ३ सय २६ दशमलव ४९ बिन्दुुमा झरेको छ ।

बुधबार २०१ वटा कम्पनीहरुको २४ हजार ७० पटकको कारोबार भएका छन् । जसबाट ५६ लाख ३१ हजार ४ सय ९४ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोबार रकम एक अर्ब ७५ करोड ७४ लाख २३ हजार ७ सय ४५ रुपैयाँ पुगेको छ । सेयर बजारमा बुधबार १२ वटा समुहको कारोबार भएका छन् । जसमध्ये वाँणिज्य बैक समुहको सुचक ३ दशमलव ४ अंकले घटेर एक एजार ३ सय ९ दशमलव ५४ बिन्दुुमा झरेकोमा विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक र लघुुवित्त समुहको सुचक पनि ओरालो लागेका छन् । बुधबार टे«डिङ समुहको सुचक भने २५ दशमलव ३१ अंकले बढेर १२ सय ४५ दशमलव ४६ बिन्दुुमा चढेकोमा जलबिद्युुत, होटल, अन्य र सामुुहिक लगानी कोष समुहकोले पनि टे«डिङ समुहलाई नै पच्छ्याएका छन् ।

सेयर बजारमा बुधबार बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २५ सय ७५ रुपैयाँमा खरिद बिक्री हुँदा शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य ५ दशमलव १७ प्रतिशतले घटेर एक सय ६५ रुपैयाँमा खरिद बिक्री भएको छ । यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको प्राईम कर्मसियल बैंकको बुधबार प्रतिकित्ता ३ सय ४६ रुपैयाँ अन्तिम मुल्यमा ९ करोड ५ लाख ३३ हजार ४ सय ३३ रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया