शुक्रबार, चैत १६, २०८०

जथाभावी औषधिको सेवन नगर्न सरकारको आग्रह

नेपालखोज २०७७ कार्तिक १९ गते १९:०३

काठमाडौं । सरकारले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न आग्रह गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताएका छन् ।

यसरी जथाभावी रुपमा औषधि खाँदा स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधि सेवन गर्न गौतमले आग्रह गरेका छन् । उनले होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउने र सिर्जनात्मक कार्य गर्नपनि सुझाव दिएका छन् ।

प्रतिक्रिया