बिहीबार, चैत १५, २०८०

‘विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर आन्तरिक उडान खोलिन्छ’ (भिडियोसहित)

नेपालखोज २०७८ जेठ २६ गते १८:३३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर विस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले यस्तो बताएका हुन् । उनले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने पनि बताएका छन् । त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताए ।

उनले भने – ‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेशनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।’ विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उनले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताए । लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताएका छन् ।

प्रतिक्रिया