बिहीबार, वैशाख १३, २०८१

अमेरिकी राष्ट्रपतिय निर्वाचन : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

नेपालखोज २०७७ कार्तिक २० गते ७:१२

एजेन्सी । अमेरिकामा ५८ औं राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पचासमध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि छन् । तर, चुनावको अन्तिम नतिजा आउन भने बाँकी छ । कुल ५ सय ३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २ सय ४३ र ट्रम्पले २१४ सिट प्राप्त गरेका छन् ।

जितका लागि २ सय ७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पारेका छन् । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि देखिएका छन् । जर्जिया र नर्थ क्यारोलाइनामा र अलास्कामा पनि ट्रम्प नै अगाडि छन्। अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ ।

पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउनेछ ।

प्रतिक्रिया