कोरोना संक्रमित हास्यकलाकार गजुरेलको अवस्था गम्भिर
नेपालखोज
२०७७ कार्तिक २१ गते १५:१९

काठमाडौं । कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।
संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशन बस्दै आएका थिए । अवस्था गम्भीर भएसँगै बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। भने उपचारका लागि उनलाई (बिहीबार) हिजोबाट आईसियूमा सारिएको छ।
उनमा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएको र बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।
उनलाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । गजुरेलले फेसबुकमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया