शनिबार, वैशाख १५, २०८१

कास्की र लम्जुङका छुट्टाछुट्टै ठाउँमा भएको आगलागीबाट ठुलो क्षति

नेपालखोज २०७७ कार्तिक २१ गते २०:२१

कास्की । गण्डकी प्रदेशको कास्की र लम्जुङका छुट्टाछुट्टै ठाउँमा भएको आगलागीका कारण ठुलो भौतिक क्षति भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१३ कञ्चन टोलमा आज बिहान सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण नखुलेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

आजै लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारबाट रामबजारतर्फ जाँदै गरेको ग १ त ५०९७ नं. को खाली ट्याक्टरमा आफै आगलागी भएको प्रहरीले जनाएको छ । ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा नष्ट भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया