कर्णाली प्रदेशका मुख्यमन्त्री घोडाबाट लडे, हेलिकोप्टरबाट सुर्खेत लगियो
नेपालखोज
२०७७ कार्तिक २२ गते १९:१७

सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लाीग साढे ५ः०० बजे सुर्खेत लगिएको छ ।
कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही घोडाबाट लडेर सामान्य घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।
सिमकोटबाट गाडीमा जानुभएका मुख्यमन्त्री शाहीलाई आधाबाटोबाट घोडा चढाइएको थियो । उनले चढेको घोडा तर्सिदा लडेर घाइते भएको घटनास्थलमा भएका नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया