कस्तो आगामी तीन दिनसम्मको मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन् । हाल पहाडी भू९भागमा आँशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी, सोमबार दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
साथै, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ । मंगलबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।








प्रतिक्रिया