बिहीबार, वैशाख १३, २०८१

अमेरिकी नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रम ओलीले दिए बधाई

नेपालखोज २०७७ कार्तिक २३ गते ९:४६

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज
सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेन निर्वाचित भएका छन भने पहिलो महिला उपराष्ट्रपतिमा कमला ह्यारिस चुनिएकी छन् ।

प्रतिक्रिया