अछाम र बाजुरामा सूचना आयोगको अनुगमन

बाजुरा । राष्ट्रिय सूचना आयोगका सदस्य कमला ओलीले अछाम र बाजुरा जिल्लाका विभिन्न सरकारी सरकारी कार्यलयको अनुगमन गरेकी छन् ।
खासगरी जिल्लामा सरकारी कार्यलयहरुले सूचना अधिकारी राखे नराखेको, सूचना सहज रुपमा उपलब्ध गराए नगराएको, सरकारी सन्यन्त्रवीच तालमेल भए नभएको, सबैले देख्ने गरी वडापत्र राखे नराखेकोलगायतका विषयहरुमा ओलीले चासो लिएकी थिइन । सूचना आयोगका प्रवक्तासमेत रहेकी ओलीले अछाममा जिल्ला प्रशासन कार्यलय, घरेलु तथा साना उद्योग कार्यालय कोलेनिका, मालपोत कार्यलयलगायतका कार्यलयहरुमा अनुगमन गरेकी थिइन् ।
बाजुरामा पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यलय, मालपोतलगायतका कार्यलयहरुमा अनुगमन गरिएको थियो । जिल्लामा रहँदा सूचना अधिकारीहरुलाइ सूचनाको अधिकार को विषयमा जानकारी गराएकी थिइन । अनुगमनको संयोजन बाजुरा र अछामका प्रमुख जिल्ला अधिकारीहरुले गरेका थिए ।








प्रतिक्रिया