प्रतितोला ५ सयले बढ्यो सुन मूल्य
नेपालखोज
२०७७ कार्तिक २३ गते १५:५६
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भई १ हजार २७५ पुगेको छ ।
सम्बन्धित








प्रतिक्रिया