शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीले बोलाएपछि माधव नेपालसहित चार नेता बालुवाटार पुगे

नेपालखोज २०७७ कार्तिक २३ गते १५:५८

काठमाडौं । सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा अभिव्यक्ति दिँदै आईरहेका माधवकुमार नेपाल र उनी निकट नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटर बोलाए पछि माधवकुमार नेपाल भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्लाई लिएर बालुवाटार पुगेका छन् । बालुवाटार श्रोतका अनुसार एक घण्टा अघि बालुवाटार छिरेका नेपाल सहितका टोली यतिखेर ओलीसँग छलफलमा व्यस्त भएका छन् । नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीको आन्तरिक लफडा चुलिँदै गएपछि सरकारलाई बलियो बनाउन पूर्व एमालेभित्रका विरोधी मानिएका नेपाल लगायतका नेतालाई ओलीले बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीको खुलेर आलोचना गर्ने भीम रावल लगायतका नेताहरुसँग अहिले भएको छलफलले ओली सरकारको आयु लम्व्याउने र नेकपाको विभाजनलाई केही हदसम्म भएपनि मथ्थर बनाउर प्रयास हुने संकेत देखिएको छ । प्रधानमन्त्री ओलीले एकातिर माधवकुमार नेपाल गुटसँग छलफल गर्ने र अर्कोतिर ईश्वर पोखरेल मार्फत आफ्नो गुटसँगको भेलालाई तीव्रता दिनुले नेकपा भित्र पूर्व एमाले नै सरकारको कार्यशैली प्रति रुष्ट भएको पुष्टि हुन्छ ।

प्रतिक्रिया