कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ बस्ने
नेपालखोज
२०७७ कार्तिक २३ गते २१:२९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते दिउँसो १ बजे बस्ने भएको छ ।

यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएकाले सारिएको थियो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आज सम्पन्न भएको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया