काठमाडौंको तापक्रम दैनिक घट्दै
नेपालखोज
२०७७ कार्तिक २५ गते ९:३९

काठमाडौं । कार्तिक महिनाको अन्तिमसम्म आइपुग्दा काठमाडौं उपत्यकाको न्युनतम तापक्रम दैनिक जसो घट्दै गएरहेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । बिहान बेलुका चिसो बढे पनि दिउँसोको समयमा आज घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको अधिकतम तापक्रम आज २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान छ ।
महाशाखाकाअनुसार आज देशका धेरै ठाउँको मौसम सफा नै रहनेछ । दिउँसो पारिलो घाम लाग्ने छ । पश्चिम पहाडी क्षेत्रका एकरदुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने अबको एकरदुई दिन सफा नै रहने देखिएको महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया