शनिबार, वैशाख ८, २०८१

दुई महिलासँग विवाह नगरे सजाय भोग्नु पर्ने देश

नेपालखोज २०७७ कार्तिक २५ गते ११:५२

एजेन्सी । हाम्रो देशमा वहुविवाहलाई गैरकानुनी मानिन्छ । बहुविवाह गरेमा प्रचलित कानुन अनुसार सजाय भोग्नुपर्छ । तर अचम्म लाग्दो कुरा इरिट्रिया भन्ने देशमा कम्तीमा दुई महिलासँग विवाह नगरे सजाय भोग्नु पर्छ । यस देशमा दुई जना महिलासँग विवाह नगरे सजाय मिल्ने कानून रहेको छ ।

इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । स्थानिय सञ्चार माध्यमहरुका अनुसार यस देशमा महिलाको संख्या भन्दा पुरुषको संख्या निकै कम भएकाले यस्तो कानुन ल्याइएको हो ।

यहाँ कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले यस प्रकारको अनौठो कानूनको निर्माण गरिएकाे हाे । कानूनको उल्लंघन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जेलको सजाय हुन्छ ।

पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि सजाय हुने कुरा कानूनमा उल्लेख छ ।

श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुनसक्ने प्रावधान कानूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

प्रतिक्रिया