शुक्रबार, वैशाख ७, २०८१

फाइब जी रेडी नेटवर्क विस्तारका लागि गरिने तयारीलाई फस्टाउनको लागि म्याक्सिस हुवावे टेकसिटीको पहल

नेपालखोज २०७७ कार्तिक २५ गते १६:१८

क्वालालम्पुर,मलेशिया । यसै बर्ष औपचारिक रूपमा शुरु भएको टेकसिटी साझेदारी पश्चात म्याक्सिस र हुवावे मलेसियाले फोर जी नेटवर्कको स्केलिङ गरि फाइब जी विस्तार गर्ने तयारी थालेको छ । म्याक्सिसले हुवावसँग ट्रायल गर्नका लागि क्वालालम्पुरको प्रमुख क्षेत्रहरू चयन गर्दा फोर जी को क्षमता र प्रयोगकर्ता अनुभव बढाउने, फाइब जी डिप्लोयमेन्टको गति बढाउने र नेटवर्क संसाधनहरूको अप्टिमाइजेसन गर्ने कुरामा ध्यान दिएको छ । यी सबैले स्पेक्ट्रम उपलब्ध भए पश्चात फाइब जी डिप्लोयमेन्टको लागि तयारी गर्नेछ ।

टेकसिटी पहल भविष्यमा मलेसियामा मानिसको जीवनमा र व्यवसायमा उत्तम कनेक्टिभिटी अनुभव र जीवनको डिजिटल गुणवत्ता ल्याउन उत्कृष्ट फोर जी र फाइब जी पूर्वाधार निर्माण गर्न समर्पित छ । यस कार्यक्रमद्वारा म्याक्सिसले घनिष्ठ आर एण्ड डी साझेदारी र फाइब जी अनुप्रयोगहरूको पछिल्लो विकासको पहुँच मार्फत ग्लोबल लिडिङ अपरेटरहरूमा सामेल भएको छ । हुवावेको टेकसिटी पहिले नै लन्डन, सियोल र टोकियो जस्ता प्रमुख शहरहरूमा शुरू भइसकेको छ ।

म्याक्सिस प्रत्यक्ष नेटवर्कमा अवस्थित प्रयोगकर्ता उपकरणहरूको लागि उच्च नेटवर्क लाभ प्रदान गरेर रेडियो क्षमता बढाउन एफडीडी (फ्रिक्वेन्सी डिभिजन डुप्लेक्स) म्यासिब माइमोको साथ, फोर जी नेटवर्कमा नयाँ रेडियो समाधानको पहिलो परीक्षण गर्‍यो। मिमो परीक्षण सक्रिय भएपछि ट्राफिकको मात्रामा १.४ह बृद्धि देखीएको छ ।

म्याक्सिस र हुवावेले १८०० मेगाहर्ट्ज फ्रिक्वेन्सीमा डाईनामिक स्पेक्ट्रम सेयरिङ डि एस एसको उपयोगले एल. टि. ए. र नयाँ रेडियो एल. एन. आरको परीक्षणहरू एकै समयमा सफलतापूर्वक सम्पन्न गरेको छ । सब–३ गिगाहर्ट्ज फ्रिक्वेन्सी परीक्षणको लागि यो एशिया प्यासिफिक क्षेत्रको पहिलो अन्वेषण हो जसले म्याक्सिसलाई विद्यमान फोर जी फ्रिक्वेन्सी र उपकरणहरू भविष्यमा फाइब जी प्रस्ताव गर्न पुनः प्रयोग गर्ने मौका दिन्छ, जसले परम्परागत स्थिर रिफार्मिंगको तुलनामा स्पेक्ट्रम दक्षता १.५ x सम्म बढाउन सक्दछ । यो माक्सिस र हुवावेको आर एण्ड डी टास्क फोर्स बीचको सहकार्यको कारण शेन्जेनमा रहेको ह्वावेको मुख्यालयबाट हासिल भएको हो ।

फाइब जी टेकसिटी कार्यक्रमको उद्देश्य स्मार्ट समाधानको इकोसिस्टम प्रवर्धन गर्ने हो जुन राष्ट्रको डिजिटल अर्थव्यवस्थाको लागि मुख्य चालक हुनेछ र यसको प्रतिस्पर्धात्मकतालाई उद्योग ४.० को दृष्टिबाट उचाइमा पुर्याउनेछ । हामी यस कार्यक्रममा एक ग्लोबल प्रविधि नेतृत्वकर्ता र हाम्रो दीर्घकालीन साझेदार हुवावेको साथ अगाडि बढ्दै जादा खुशी छौं । उनीहरूको अनुभव, विशेषज्ञता र क्षमताहरूले हाम्रो मलेशियाको अग्रज रूपान्तरण समाधान प्रदायक हुने महत्वाकांक्षाका लागि पूरक हुन्छ । हामी सबै मलेशियनहरूका लागि सिमलेस डिजिटल कनेक्टिभिटी प्रदान गर्न प्रतिबद्ध छौं, जसले देशको जेन्डेला जेन्डेला आकांक्षा अनुरुप फाइब जी टेक्नोलोजी कार्यान्वयनमा स्थिर परिवर्तनको मार्ग देखाउने छ, म्याक्सिस चीफ टेक्नोलोजी र सूचना अधिकारी मोर्टन ब्यङ्स्गार्डले भने ।

मलेसिया डिजिटल अर्थव्यवस्था निर्माणको लागि अग्रिम आईसीटी आसिटि नीतिहरूको साथ अगाडि बढिरहेको छ र असाधारण प्रयोगकर्ता अनुभव र नेटवर्क दक्षता प्रदान गरेर एक मजबूत इकोसिस्टम बनाउन टेकसिटीे यात्रा धेरै महत्वपूर्ण छ । हामी म्याक्सिससँग टेकसिटी पहलमा सफलतापूर्वक फाइब जी समाधानहरू सिर्जना गर्नका लागि काम गर्न पाउँदा खुसी छौं, जुन विश्वव्यापी बजारमा दोहोराउन सकिन्छ, हुवावे मलेसियाका सीईओ माइकल युआनले भने ।

यी परीक्षणहरू म्याक्सिसले हालसम्म हासिल गरेको अनगिन्ती पहिलो प्रयासहरुको निरन्तरता हो, जुन प्रविधि नेतृत्वको लागि एक उदाहरण हो । यही वर्षको जनवरीमा म्याक्सिसले सुबाङ जयमा रहेको दुईवटा ट्राइल साइटमा नँया रेकर्डको घोषणा गरेको छ, जहाँ २.९६ जीबीपीएसको एकल युजर पीक स्पीडको नयाँ रेकर्ड कायम गरेको छ, जुन एकल युजर पीक स्पीड प्रदर्शन गर्न फाइब जी को नयाँ रेडियो क्यारिअर अग्रिगेसनमा र सिङगल सेल पीक स्पीड प्रदर्शन गर्न फाइब जी एम मिमो परिक्षणमा आधारित छ । त्यहि महिनामा म्याक्सिसले दक्षिणपूर्व एशियाको पहिलो फाइब जी मल्टि अपरेटर कोर नेटवर्क एम.ओ.सि.एन सफलतापूर्वक परिक्षण गरेको थियो, जुन सेलकमको सहकार्यमा केडाको लाङकावीमा ट्रायल साइटहरूमा बाह्य वातावरणमा १.१ जीबीपीएस भन्दा बढी पीक स्पीड प्राप्त गर्दै सञ्चालन भएको थियो ।

म्याक्सिस–हुवावे टेकसिटी कार्यक्रम बारे
८ जनवरी २०२० मा म्याक्सिस र हुवावेले क्वालालम्पुरमा टेकसिटी पहलमा अन्वेषण गर्न र सहयोग गर्न समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीहरू अद्वितीय व्यक्तिगत अनुभवका लागि फोर जी र फाइब जी सलुसन प्रदान गर्न, फाइब जी नेटवर्क डिजाइनमा नवीनता, डिप्लोइमेन्ट र कार्यकारी दक्षता साथसाथै कमर्सियलाइजेसनका लागि नँया फाइब जी इनोभेसन ल्याबको स्थापनाको लागि सँगै काम गरिरहेका छन् ।

टेकसिटीको उद्देश्य मलेशियामा भावी डिजिटल सेवाहरूको इकोसिस्टमलाई आकार दिनु हो । एलटीई इभोलुसन र फाइब जी मोबाइल एज कम्प्युटिङ नेटवर्क, डिजिटल अर्थव्यवस्था र उद्योग ४.० का लागि मुख्य चालक हुनेछ । यो सहकार्यले ग्राहकहरुलाई म्याक्सिसकोे इनोभेटिभ सेवा प्रस्तावहरुलाई गति दिनेछ, जसले ग्राहकलाई उत्तम नेटवर्क अनुभव ल्याउने छ ।

प्रतिक्रिया