शुक्रबार, वैशाख १४, २०८१

नेकपा विवाद : सचिवालय बैठक बोलाउन ओलीलाई दुई दिन थप

नेपालखोज २०७७ कार्तिक २६ गते ७:४३

काठमाडौं । नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलवार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको अनौपचारिक बैठकले ओलीको सहमतिका लागि थप दुई दिन कुर्ने निधो गरेको हो ।

यसअघि गत शुक्रवार र शनिवार अनौपचारिक छलफल गरेपछि प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले दुई दिनभित्र सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गर्दै पत्र दिएका थिए तर उनीहरूले निर्धारण गरेको समयभित्र बैठक बोलाउन प्रधानमन्त्रीले सहमति दिएनन् ।

बरु उनले पार्टी विधानअनुसार १५ दिनभित्र बैठक बस्न सक्ने गरी कारबाही अघि बढाउन महासचिव विष्णु पौडेललाई तोक लगाएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया