बिहीबार, वैशाख १३, २०८१

सावधानी नअपनाए देउसी–भैलो कोरोना फैलाउने माध्यम बन्छ

नेपालखोज २०७७ कार्तिक २६ गते ९:२१

काठमाडौं । तिहार हिन्दु धर्मावलम्बीको दसैंपछिको सबैभन्दा ठूलो पर्व हो । पिङ खेल्ने, दीपावली गर्ने र देउसी–भैलो खेल्ने तिहारको सबैभन्दा रोमाञ्चक पक्ष हो ।

साथीभाइ एक ठाउँमा जमघट भई देउसी–भैलो खेल्नुको मजा नै बेग्लै छ । तर अहिले भेला भएर देउसी–भैलो खेल्ने, रमाइलो गर्ने अवस्था छैन । सावधानी नअपनाए देउसी–भैलो कोरोना फैलाउने माध्यम बन्न सक्ने विज्ञ बताउँछन् ।

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी–भैलो नखेल्न, नखेलाउन निर्देशन समेत दिएको छ । विभिन्न जिल्लाले देउसी–भैलोलाई निषेध पनि गरिरहेका छन् । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले पनि देउसी भैलो नखेल्न र नखेलाउन भन्दै निषेधाज्ञा जारी गरेका छन् ।

देउसी भैलो समूहमा खेलिने हुँदा कोरोनाको जोखिम धेरै हुने र संक्रमण फैलाउने माध्यम बन्न सक्ने चिकित्सकहरु बताउँछन् । देउसी भैलोबाट कोरोना सर्ने जोखिम अत्यधिक हुने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताएका छन् ।

प्रतिक्रिया