बुधबार, वैशाख १२, २०८१

मैतीदेवीमा नेचर सुपर मार्केट

नेपालखोज २०७७ कार्तिक २६ गते २१:०६

काठमाडौ । उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकमा व्यवसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ सञ्चालनमा आएको छ ।

जसलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा उपभोक्ताहरुको चाहनाअनुसार काठमाडौं उपत्यकाभर होम डेलिभरीको सुविधाका साथै बजारको माग र आमउपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुरु गरिएको भनी अध्यक्ष जनक धामीले बताए ।

सुपथमूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गरी बजार व्यवस्थापनतथा गुणस्तरीय उत्पादन, बिक्रीवितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने ‘प्रतिस्पर्धात्मक विश्वबजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवाप्रदान गर्न नेचर सुपरमार्केट सदैव प्रतिबद्ध रहेको छ ।

साथसाथै ‘स्थापनाको एक वर्ष भित्र काठमाडौं उपत्यकामा १० वटा शाखा तथा आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने यस नेचर सुपरमार्केटको लक्ष्य रहेको छ ।

प्रतिक्रिया