शुक्रबार, पुष ४, २०८२

उद्योगपति खुमा अर्यालले स्याङजाको चापाकोटवासीलाई स्वरोजगार बनाउने

नेपालखोज २०७७ कार्तिक २८ गते २०:४७

काठमाडौं । उद्योगपति एवम् मेडिकल कलेज सञ्चालक खुमा अर्यालले करिव ५० हजार कुखुरापालन गरेर स्याङजाको चापाकोटवासीलाई स्वरोजगार बनाउने बताएका छन् । चापाकोट उद्योग वाणिज्य संघले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले स्याङजाको चापाकोटमा उद्योग खोल्न इच्छुक रहेको तथा त्यसका लागि वाणिज्य संघले उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने बताए । उनी स्याङजा जिल्लावासी भएकोमा गर्व गर्दै ५० हजार जति कुखुरापालन गरेर त्यहाँका स्थानीयलाई स्वरोजगार बनाउने बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा ५० भन्दा बढी उद्योगी, व्यापारीका साथै नेपाली कांग्रेसका नगर सभापति रामचन्द्र पंगेनी, नेतृ गायत्री अर्याललगायत सहभागी थिए ।

कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल रानामगरको स्वागतसँगै सुरु भएको थियो । कार्यक्रमको अध्यक्षता मणिप्रसाद खनालले गरेका थिए भने महासचिव शिव श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया