मंगलबार, पुष १, २०८२

तिहारको विषेश दिन आज गाइगोरु पूजा

नेपालखोज २०७७ कार्तिक ३० गते ६:५९

काठमाडाैं । हिन्दु धर्मावलम्बीहरुकाे दाेस्राे ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

आज तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाइगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यसकारण पनि आजका दिनलाई हलितिहार भनिएको हो ।

कृषिकर्ममा सहयात्रा गर्ने जीवहरु गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोकउक्तिमा पाइन्छ । गोवरधन पूजा भोली परेका हुनाले गाइगोरु पूजा भोली पनि गरिन्छ ।

आजको दिन देउसी खेल्ने गरिन्छ । देउसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यि भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ ।

प्रतिक्रिया