बिहीबार, चैत १५, २०८०

प्रितम आचार्यको ‘म पागल सरि’ सार्वजनिक

नेपालखोज २०७७ मंसिर २ गते ६:५२

काठमाडौं । सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ । लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन् ।

अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र सम्पादन गरेका छन् । एल.डि बास्तोलाले निर्माण गरेको भिडियोको ब्यबस्थापन तुला अधिकारीले गरेका छन ।

सार्वजनिक भिडियोमा मुकेश अधिकारी,गोमा बास्तोला,निश्चल अधिकारी र लिजा बास्तोला फिचर्ड छन् । भिडियो हाम्रो आफ्नै टिभी नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो:
https://www.youtube.com/watch?v=_0Ktgoa25EU

प्रतिक्रिया