मंगलबार, पुष १, २०८२

नौ वटा बाणिज्य बैंकहरुको खुद मुनाफा बढ्दा १६ वटाको घट्यो (तालिकासहित)

कुन बैंकको नाफा घट्यो, कुन बैंकको नाफा बढ्यो हेर्नुहोस तालिका

नेपालखोज २०७७ मंसिर ३ गते १३:२०

काठमाडौ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड–१९) को प्रभाव बाणिज्य बैंकहरुको नाफामा देखिएको छ । कोभिड–१९कै नियन्त्रण तथा रोकथामको लागि सरकारले पटक–पटक गरेको लकडाउन र निषेधाज्ञाका कारण बैंकहरुको निक्षेप तथा कर्जा प्रवाह दुवैमा संकुचन आउँदा यसको असर नाफामा देखिएको हो ।

सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरु मध्येमा चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्ममा २५ वटा बैंकहरुले चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त बिवरण अनुसार बैंकहरुले १३ अर्ब ३४ करोड ४७ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । बैंकहरुले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा ६३ करोड छ लाख ८४ हजार रुपैयाँले कम हो । गत आवको सोही अवधिमा २५ वटा बैंकहरुले आर्जन गरेको खुद मुनाफा १३ अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको थियो । चालुु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरु मध्येमा प्रभुु बैंक, ग्लोवल आईएमई बैंक, प्राईम कर्मसियल बैंक सहितका नौ वटा बैंकहरुले कोभिड–१९ को असरको बावुुजत पनि खुद मुनाफा बढाउन सफल भएका छन् । यि बाहेकका राष्ट्रिय बाँणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैंक सहितका १६ वटा बैंकहरुको खुद मुनाफा भने घटेको छ ।

चालुु आवको पहिलो त्रैमासमा सबै भन्दा बढी नाफा ग्लोवल आईएमई बैंकले आर्जन गरेको छ । यस अवधिमा एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको ग्लोवल आईएमईले गत आवको सोही अवधिमा ७५ करोड ३१ लाख ४४ हजार रुपैैयाँ खुद मुनाफा कमाएको थियो । एनआईसी एशिया बैंक भने चालुु आवको पहिलो त्रैमासमा खुद मुनाफा बढी कमाउने दोस्रो ठुलो बैंक बनेको छ । एनआईसी एशियाले यस अवधिमा एक अर्ब दुई करोड १० लाख आठ हजार छ सय ८० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनआईसीको यस्तो नाफा एक अर्ब ९६ लाख पाँच हजार दुई सय २० रुपैयाँ रहेको थियो । प्राईम कर्मसियल बैंक भने चालु आवको पहिलो त्रैमासमा बढी नाफा कमाउने तेस्रो ठुलो बैंक बनेको छ । प्राईमले यस अवधिमा एक अर्ब एक करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा प्राईमको यस्तो नाफा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

प्रभु बैंकले पनि चालुु आवको पहिलो त्रैमासमा खुद मुनाफा आर्जनमा राष्ट्रिय बाँणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैक समेतलाई उछिनेर बढी नाफा कमाउने चौथो ठुलाे बैंक बनेको छ । प्रभुुले यस अवधिमा ८५ करोड १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा प्रभुुको यस्तो नाफा ६२ करोड ८४ लाख ६७ हजार रुपैयाँ रहेको थियो । सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकले भने चालु आवको पहिलो त्रैमासमा ८२ करोड ९२ लाख ४५ हजार रुपैया खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बाँणिज्य बैंकको यस्तो नाफा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार रुपैयाँ रहेको थियो । गत आवको पहिलो त्रैमासमा २७ करोड १८ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको एनएमबीले भने चालुु आवको पहिलो त्रैमासमा नाफा बढाएर ७३ करोड २९ लाख ७० हजार रुपैयाँ पुुर्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैकले पनि चालुु आवको पहिलो त्रैमासमा ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो नाफा ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

अपरिष्कृत बित्तीय बिवरण अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक सहितको नौ वटा बैंकहरुले खुद मुनाफा बढाएकाछन । यस अवधिमा सानिमा बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, कृषि बिकास बैंक, सेञ्चुरी कर्मसियल बैंक, सनराईज बैंक, माछापुच्छे« बैंक सहितका १६ वटा बैंकहरुको खुद मुनाफा भने घटेका छन् ।

कुन बैंकको नाफा घट्यो, कुन बैंकको नाफा बढ्यो हेर्नुहाेस् तालिका

प्रतिक्रिया