शनिबार, वैशाख १३, २०८२

नेपाललाई एकदिवसीय मान्यता थप एक वर्ष लम्बियो

नेपालखोज २०७७ मंसिर ३ गते १९:३०

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप एक वर्ष लम्ब्याइएको छ । कोरोना भाइरसको महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले थप एक वर्ष लम्ब्याएको हो ।

यसअघि नेपालले चार वर्षका लागि पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता आईसीसीले थप एक वर्ष गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले संघको पहिलो वार्षिक साधारणसभामा नेपालको एकदिवसीय मान्यता थप एक वर्ष गरिएको जनाकारी दिए ।

कोरोना महामारीका कराण क्रिकेट ठप्प भएकाले आईसीसीले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष थप गरेको संघका अध्यक्ष चन्दले बताए । यससँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता अब सन् २०२३ को मार्चसम्म रहनेछ ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रका रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले हालसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा ५ जित र ५ हार बेहोरेको छ ।

प्रतिक्रिया