प्रधानसेनापति थापा र भारतीय राजदूतबीच क्वात्राबिच भेटवार्ता
नेपालखोज
२०७७ मंसिर ४ गते १२:०३

काठमाडौं । प्रधानसेनापती पुर्णचन्द्र थापा र भारतीय राजदूतबीच विनय मोहन क्वात्राबिच भेटवार्ता भएको छ । आज बुधबार प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतका महामहिम राजदुत क्वात्रासंग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा प्रधान सेनापती थापा र भारतका राजदुत क्वात्राबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया