शुक्रबार, चैत १६, २०८०

क्यानले डाक्यो बन्द प्रशिक्षणका लागि २२ खेलाडी

नेपालखोज २०७७ मंसिर ६ गते ७:१२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। क्यानले शुक्रबार व्यवस्थापक एवम् फिजियो बिक्रम न्यौपानोलाई पत्रमार्फत् बन्द प्रशिक्षणको जानकारी दिँदै खेलाडीलाई क्याम्पमा सहभागी गराउने बताएको हो।

‘आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपायका साथ मंसिर १० गतेदेखि काठमाडौंमा बन्द प्रशिक्षण सञ्चालन गर्न लागिएको छ‘ – क्यानले पत्रमा लखेको छ ।

प्रशिक्षणका लागि मंसिर ८ गते सबै खेलाडीको पीसीआर टेस्ट गराइने छ र रिपोर्ट नेगेटिभ आएका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने क्यानले जनाएको छ। राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जगतबहादुर टमाटालाई राखिएको छ।

बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुः
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारख खड्का, सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन शर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की सहभागी हुने छन्।

प्रतिक्रिया