शुक्रबार, चैत १६, २०८०

कोरोना अपडेट : २४ घण्टामा २३२३ संक्रमित डिस्चार्ज

नेपालखोज २०७७ मंसिर ६ गते १६:४३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुने १ लाख ९३ हजार ३२५ जना पुगेका छन् ।

विगत २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये ८९९ जना काठमाडौ उपत्यकाका संक्रमित रहेका छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

यसैवीच कोरोना संक्रमणबाट थप ७ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३ सय ५ पुगेको छ ।

प्रतिक्रिया