आइतबार, चैत ९, २०८१

यौन हिंसा गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

नेपालखोज २०७७ पुष २८ गते १३:२६

काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा क्याम्पसका एक जना प्राध्यापक पक्राउ परेका छन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले सोमबार ४५ वर्षीय क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई कलेजबाटै पक्राउ गरेको हो ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया