शुक्रबार, वैशाख ७, २०८१

राष्ट्र बैंकले भोली १४ अर्ब ८१ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

नेपालखोज २०७७ मंसिर ७ गते १५:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली १४ अर्ब ८१ करोड रुपैयाँको टेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंककाअनुसार भोली अपरान्ह दुई बजेसम्म पुरानो नविकरण अन्तर्गतको उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती मंसिर नौ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको ११ करोड रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ फागुुन ११ गते, एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि विसं २०७८ जेठ ११ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि विसं २०७८ साल मंसिर सात गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही कात्र्तिक २७ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँ टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया