कोरोना अपडेड : १६६९ संक्रमित थपिँदा ५६९९ जना डिस्चार्ज
नेपालखोज
२०७७ मंसिर ७ गते १६:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आजको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । आजको पिसिआर परीक्षण संख्या ८ हजार ३२ रहेको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या १ लाख ९९ हजार २४ पुगेको गौतमले जानकराी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया